जनकपुरधाम, ५ मंसिर । प्रदेश नं. २ सरकारका नवनियुक्त दुई जना मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।
आइतबार प्रदेश प्रमुख हरिशंकर मिश्राले मुख्यमन्त्री लालबाबु राउतद्वारा नवनियुक्त उद्योग, पर्यटन तथा वन मन्त्री शत्रुधन महतो र कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्री प्रमोद कुमार यादवलाई पद तथा गोपनीयताको सपथ गराएका हुन् ।
नवनियुक्त मन्त्रीद्वय नेकपा (एकीकृत समाजवादी) का प्रदेश सांसदहरु हुन् ।
तपाईको प्रतिक्रिया