रंगलीबाट १० किलो गाँजासहित पक्राउ

समाचार

मोरङ, ५ मंसिर । रंगेली नगरपालिका–१ बिशाल बजार चोकबाट करिब १० किलो गाँजासहित एक जना पक्राउ परेका छन् ।

अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ सहित बेलबारी नगरपालिका–३ बस्ने २४ वर्षीय बुद्धराज राईलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

को.१ ह ४८०२ नम्बरको टेम्पोलाई ईलाका प्रहरी कार्यालय सखरदिनाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बोरामा राखी ल्याउँदै गरेको अवस्थामा उक्त गाँजा सहित फेला पारी टेम्पो चालक राईलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ