सैनामैनामा खैरो हेरोइनसहित तीन जना पक्राउ

समाचार

रुपन्देही, ५ मंसिर । सैनामैना नगरपालिका–७ हरनैयाबाट ८ ग्राम ४ सय ३० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ सोही ठाउँ बस्ने ३७ वर्षीय पूर्ण बहादुर थापा, ३३ वर्षीय मनोज थापा र देवदह गाउँपालिका–५ बस्ने २३ वर्षीय सागर सिंह थापा रहेका छन् । 

ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ