कपिलवस्तुमा हैजाविरुद्ध खोप अभियान  

समाचार

मणि प्रसाद गैह्रे, कपिलवस्तु, ६ मंसिर । केही महिना अगाडी जिल्लाका विभिन्न स्थानमा हैजा फैलिएपछि उक्त रोगको रोकथामका लागि हैजाविरुद्धको खोप अभियान आइतबारबाट सुरु गरिएको छ ।

स्वास्थ्य कार्यालय कपिलवस्तुद्वारा यशोधरा गाउँपालिकाको  आधारभूत अस्पताल बैदौलीमा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री ईन्द्रजित चौधरीले खोप कार्यक्रमको उद्घाटन गरेका छन् ।  

सो अवसरमा यशोधरा गाउँपालिकाका अध्यक्ष गिरीजेश कुमार पाण्डेयलाई हैजा विरुद्धको ओरल कलोरा भ्याक्सिन खुवाएर खोपको शुभारम्भ गरिएको थियो । 

यशोधरा गाउँपालिकामा आइतबारदेखि मंसिर १० गतेसम्म खोप अभियान सचालन हुनेछ । कपिलवस्तुमा फैलिएको हैजालाई नियन्त्रण गर्न जिल्लामा बृहद अभियान संचालन गरिने भएको छ । 

जिल्लाका हैजा प्रभावित ५ पालिकामा हैजा बिरुद्धको ओरल कलोरा भ्याक्सिन खुवाइने भएको हो । स्वास्थ्य कार्यालयका प्रमुख प्रमुख हेमराज पाण्डेयले हैजाबाट सुरक्षित हुन र संभावित मृत्युलाई रोक्न जिल्लाको यशोधरा गाउँपालिकाबाट भ्याक्सिन लागउने कार्यको थालनी गरिएको बताए । 

यशोधरा गाउपालिकालाई ३७ हजार ७८३ जनालाई खोप लागईने छ । सो अवसरमा मन्त्री चौधरीले अभियानलाई सफल बनाउनु पर्ने बताए । उनले पालिकाहरुले सरसफाईमा बिशेष ध्यान दिन आग्रह गरे । सो अवसरमा गाउपालिका अध्यक्ष पाण्डेयले आफनो पालिकामा हैजा फैलिएरकोमा दुःख ब्यक्त गर्दै खोप अभियानलाई सफल बनाउने बताए ।

अन्य ४ पालिकाहरु कृष्णगनर, महाराजगंज शिवजराज नगरपालिका र बिजयनगर गाउपालिकामा आउने मंसिर ७ देखि १२ गतेसम्म खोप अभियान संचालन हुनेछ ।  जिल्लाका ५ पालिकामा खोप लागउनकालागि २ लाख ५२ हजार ३६३ कलोरा खोप आएको स्वास्थय कार्यालकया प्रमुख हेमराज पाण्डेयले बताए । 

कृष्णनगर नगरपालिकाकालाई ६० हजार ७४३, महारागंज नगरपालिकालाई ५३ हजार १५६, शिवराज नगरपालिकालाई ६४ हजार ७४८, विजयनगर गाउँपालिकालाई ३५  हजार ९०३ खोप खु्वाइने छ । 

खोप विश्व स्वास्थ्य संगठन  हुदै  संयुक्त राष्ट्रसंघीय बालकोष (यूनिसेफ) मार्फत् उक्त खोप नेपाल आएको हो । ओरल कोलेरा भ्याक्सिन मुखबाट थोपा राखेर ख्वाईन्छ । 

सोनाफी हेल्थकेयर प्रालि भारतबाट उत्पादीत सो खोप प्रति ब्यक्ति ढेड एम एलका दरले खुवाउने गरिन्छ । १४ औ र २८ औ दिनमा गरी खोप २ पटक खुवाउनु पर्छ । अभियानमा १ सय ६८ खोपकर्ता, ३ सय ४८ स्वयमसेवक र ५ सय ३५ महिला स्वयमेविका परिचलन हुनेछन् । कृष्णनगर र विजयनगरका ९ जनाको दिशामा हैजाको जिवाणु फेला परेको थियो ।  यशोधराका एक जनामा पनि हैंजाको जिवाणु फेला परेको थियो । 

सरसरफाईको अवस्था कमजोर हुदा कृष्णनगर नगरपालिकाबाट सुरु भएको झाडापखालाले कृष्णनगरका ४, शिवराज नगरपालिकाका एक र यशोधरा गाउपालिकाका एक गरि ६ जनाको मृत्यु भएको  स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । खोप अभियान  सफल पार्न स्वास्थ्य कार्यालय ,युनिसेफ र विभिन्न संस्थाहरु मिलेर समुदायमा परिचालन भएका छन् । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ