कांग्रेस महाधिवेशनको आर्थिक समिति सल्लाहकारमा उद्योगपति चौधरी

समाचार

काठमाडौं, ६ मंसिर । सत्तारुढ नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनका लागि गठन भएको आर्थिक समितिको सल्लाहकारमा वरिष्ठ उद्योगपति विनोद चौधरी मनोनयन भएका छन् ।

सल्लाहकारमा उद्योगपति चौधरी, दीपकुमार उपाध्याय, दिव्यमणिराज भण्डारी र पाल्देन गुरुङ मनोनयन भएका छन् । समितिले १४औँ महाधिवेशन सम्पन्न गर्नका लागि आवश्यक पर्ने खर्च जुटाउनेछ ।

आर्थिक समितिका संयोजक एवम् सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चार सल्लाहकार र १० सदस्य गरी १४ जनालाई समितिमा मनोनयन गरेका हुन् ।

यसैगरी, समितिको सदस्यहरुमा दीपक खड्का, उमेश श्रेष्ठ, जीपछिरिङ लामा, मोहन आचार्य, इन्द्र बानियाँ, अनिल रुङ्गटा, महेश जाजु, वीरेन्द्र कनोडिया, रामकृष्ण भट्टराई र दयाराम पाण्डे छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ