महोत्तरी, ६ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले महोत्तरी जिल्लाको मटिहानी नगरपालिका नवनिर्मित रंगशालाको उद्घाटन रेकी छन् ।
मटिहानी नगरपालिकाको लगानीमा निर्माण भएको रंगशाला उद्घाटन कार्यक्रमका लागि राष्ट्रपति भण्डारी यहाँ आएकी थिइन् । एक भव्य कार्यक्रमका बीच सो रंगशालाको उद्घाटन गरिएको हो ।
राष्ट्रपति भण्डारीलाई नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले स्वागत गरेका थिए । साथै अतिथिहरुलाई अभिनन्दन पत्रसमेत प्रदान गरेका थिए ।
सो उद्घाटन कार्यक्रममा प्रदेश नं. २ का प्रदेश प्रमुख हरिशंकर मिश्र, मुख्यमन्त्री मो.लालबाबु राउत गद्दी, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, पूर्वमन्त्री तथा सांसद चन्दा चौधरी, प्रदेशसभा सदस्यहरु सुरिता कुमारी साह, जयनुल राइन, रानी शर्मा, राम कुमार शर्मासहित सो क्षेत्रका नागरिकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया