महोत्तरी, ६ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नं. २ को सरकारले सञ्चालन गरेको ‘बेटी बचाउ, बेटी पढाउ’ कार्यक्रमलाई राष्ट्रिय कार्यक्रमको रुपमा अगाडि बढाउनुपर्ने बताएकी छन् ।
मटिहानी नगरपालिकामा निर्माण भएको रंगशाला सोमबार उद्घाटनपश्चात् सम्बोधन गर्दै राष्ट्रपतिले छोरी उत्थानका लागि प्रदेश सरकारले सञ्चालन गरेको सो कार्यक्रमको प्रशंसा गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले भनिन्, ‘बेटी बचाउ बेटी पढाउ, छोरी बीमा लगायतका कार्यक्रमहरु प्रभावकारीरुपमा अझै अगाडि बढाउनुपर्छ, केन्द्र र प्रदेशको यसमा तालमेल हुनुपर्छ भन्ने मलाई लाग्दछ ।’
उनले यो कार्यक्रम असाध्यै राम्रो कार्यक्रम रहेको भन्दै प्रदेश सरकारको प्रशंसासमेत गरिन् । उनले थपिन्, ‘अन्ध विश्वास, कुरिती, कुसंस्कारलाई हटाएर चौतर्फी विकास गर्नका लागि छोरीहरुको सर्वाङ्गिण विकास हुनु आवश्यक छ ।’
तपाईको प्रतिक्रिया