जसपाका उपाध्यक्ष पुरीलाई महाकालका अध्यक्ष शुक्लाद्वारा धम्की (अडियो सहित)  

समाचार

इमरान खान, कपिलवस्तु, ७ मंसिर । जनता समाजवादी पार्टी नेपाल कपिलवस्तुका उपाध्यक्ष रामनिवास पुरीलाई धम्कीपूर्ण भाषा प्रयोग गरी फोन आएको छ ।

मंसिर ३ गते दिउँसो हिन्दू धर्मको विषयमा आवाज नउठाएको भन्दै गालीगलौजसहित धम्की आएको पुरीले बताएका छन् ।

महाकाल सस्थाको अध्यक्ष भन्दै आफूलाइ गोपाल शुक्ला बताउने व्यक्तिले असभ्य बोलेको पुरीको भनाइ छ । जनकपुर घटनाको विषयमा सामाजिक संजालमा कुनै प्रतिकृया नदिएको भन्दै गालिगलोज गरेको बताइएको छ ।

आफुले दङ्गा गर्न चाहेको बताउँदै चुनावको समयमा हिन्दु समुदायको भोट माग्न आएमा लात्तीले हान्ने चेतावनी दिएका छन् । 

पुरीले आफ्नो शान्ति सुरक्षाको माग गर्दै गणेशपुर प्रहरीमा ठाडो उजुरी दिएका छन् । 

यसरी फोन गरेर असभ्य बोल्दै गाली गलौच गरेकोले कानुन बमोजिम कारबाहीको माग गरेका छन् । 

जसपा जिल्ला उपाध्यक्ष पुरीलाई धम्की सहितको अडियो :

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ