इमरान खान, कपिलवस्तु, ७ मंसिर । नेपाली कांग्रेसको १४औं संघीय महाधिवेशनमा कपिलवस्तु क्षेत्र नं.२ बाट साझा प्रयास अभियानका संयोजक एवं समाजसेवी रविन्द्र नाथ ठाकुर (समावेशी तर्फ) निर्विरोध निर्वाचित भएका छन् ।
कपिलवस्तुको क्षेत्र नं. २ बाट नेता ठाकुर महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले बताएको छ ।
समाजसेवीहरुलाई पार्टी नेतृत्वमा जानका लागि अप्रत्यक्ष रुपमा कार्यकर्ताको साथ र समर्थन देखिएको छ । ठाकुर साझा प्रयास अभियान कपिलवस्तुका संयोजक पनि हुन् ।
साथै नव निर्वाचित ठाकुरद्वारा सम्पूर्ण नेपाली कांग्रेस कार्यकर्ताहरुलाई नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा आउने मंसिर १० गते कपिलवस्तुको जिल्ला पार्टी अधिवेशनमा युवा, जुझारु एवं पार्टी प्रति लगनशील संघर्षशीलहरुलाई सर्बसम्मत गराउन अनुरोध समेत गरेका छन् ।
तपाईको प्रतिक्रिया