कैलाली, ७ मंसिर । धनगढी उपमहानगरपालिका–२ त्रिनगरबाट ७ ग्राम ९ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार साँझ पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका–२ बैयाबेहडी बस्ने २६ वर्षीय सन्देश बोगटी र सोही उपमहानगरपालिका–१ बस्ने ३० वर्षीय बिजय मगराती रहेका छन् ।
लु.४५ प २६५३ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त ब्राउनसुगर सहित फेला पारी पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया