दुई मोटरसाइकल एक–आपसमा ठोक्किँदा एक युवकको मृत्यु

समाचार

रौतहट, ७ मंसिर । चन्द्रपुर नगरपालिका–८ बैजनाथपुरस्थित सडकमा ना.५३ प ६११२ नम्बरको मोटरसाइकल र ना.४३ प ६२४३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

सोमबार राति दुघटना हुँदा ना.५३ प ६११२ नम्बरको मोटरसाइकल चालक चन्द्रपुर नगरपालिका–९ डुमरिया बस्ने २५ वर्षीय रामा शंकर साहको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको चपुरस्थित चपुर प्रालि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

साथै दुर्घटनामा घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ