काठमाडौं, ७ मंसिर । कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि भारत सरकार स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालय र नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित एक समारोहका बीच स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
पूर्णरुपमा कोभिड–१९ खोप लगाइसकेका दुवै राष्ट्रका यात्रुहरुको यात्रा सहज बनाउन यो समझदारीपत्र एक महत्वपूर्ण कदम हुनुका साथै भारत र नेपालबीचको कोभिड–१९ सम्बन्धी बलियो सहकार्य र समन्वयमा अर्को कोशेढुङ्गा साबित हुने जनाइएको छ ।
तपाईको प्रतिक्रिया