सप्तरी, ८ मंसिर । खडक नगरपालिका–८ भदैयाचोकमा वेबारिसे अवस्थामा रहेको करिब ९ लाख २४ हजार ४ सय ४० रुपैयाँ मूल्य बराबरको विभिन्न प्रकारको औषधिहरु प्रहरीले बरामद गरेको छ ।
मंगलबार दिउँसो ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको गस्ती प्रहरी टोलीले बोदेवर्साइन बिसनपुर सडक खण्डमा पर्ने उक्त चोकमा वेवारिसे अवस्थामा रहेको औषधि फेला पारी बरामद गरेको हो ।
तपाईको प्रतिक्रिया