एमाले महाधिवेशनमा भारतबाट पाँच दलका नेता आउने

समाचार

काठमाडौं, ९ मंसिर । नेकपा एमालेको दसौँ महाधिवेशनमा आतिथ्य ग्रहण गर्न भारतबाट विभिन्न पाँच दलका नेता आउने भएका छन् ।

भारतबाट पूर्वस्वास्थ्यमन्त्री तथा भारतीय जनता पार्टीका नेता हर्षवर्द्धनको नेतृत्वमा एउटा टोली आइसकेको छ ।

त्यस्तै भारतबाटै अन्य ४ राजनीतिक दलका प्रतिनिधि पनि आउने भएका एमाले विदेश विभागका प्रमुख डा. राजन भट्टराईले बताएका छन् ।  

चीनबाट भने चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुले भिडियो सन्देश मात्रै पठाउने भएका छन् । महाधिवेशनमा सहभागी हुन आठ देशबाट १५ जना प्रतिनिधि आउने पक्का भएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ