लोसपा अध्यक्ष एमाले महाधिवेशनमा सहभागी हुन चितवनमा

समाचार

काठमाडौं, ९ मंसिर । नेकपा (एमाले)को १० औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर चितवन पुगेका छन् ।

एमाले महाधिवेशनमा प्रमुख सातवटा राजनीतिक दललाई आमन्त्रण गरिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा, जसपा नेता उपेन्द्र यादव, राप्रपा अध्यक्ष कमल थापा, जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले महाधिवेशनमा शुभकामना मन्तव्य दिने तय भइसकेको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ