“मधेशले विकास र समृद्धिको आशा एमालेबाटै गरेको छ”

समाचार

ज्वाला कुमारी साह, केन्द्रीय सदस्य

महाधिवेशनलाई हामीले नया उचाइका साथ हेरेका छौं । महाधिवेशनले प्रदेश २ का आम जनतामा खुशीयाली छाएको छ । जनतामा उत्साह छाएको छ । यो नमूना र एकताको महाधिवेशन हो । यसले राष्ट्रिय राजनीतिमा एमाले सबल पार्टी हो भन्ने राम्रो सन्देश दिनेछ भने देश चलाउन ऊर्जा पनि प्रदान गर्नेछ । मधेशको सन्दर्भमा एमालेप्रति आकार्षण बढेको छ ।

कृष्ण कुमार गुप्ता, एमाले प्रदेश २ कमिटि सदस्य

पार्टीको १० औं राष्ट्रिय महाधिवेशन मधेशी समुदायको हक र हितका लागि महत्वपूर्ण छ । समावेशी समानुपातिक प्रतिनिधित्वका लागि पार्टीको हरेक निकायमा मधेशीको पहुँचका लागि हामी तत्पर छौं । विगतमा एमालेलाई जसरी मधेश विरोधी भनिन्थ्यो, यो महाधिवेशनले त्यसलाई तोड्दै अगाडि बढ्छ । त्यतिमात्र होइन, पार्टीले आफ्ना सब अंगहरूमा मधेशीलाई समावेश गर्छ । मधेशीको प्रतिनिधित्व अब बढनेछ ।

सञ्जीव कुमार झा सुरज, एमाले महाधिवेशन प्रतिनिधि

केपी ओली नेतृत्वको सरकारले मधेशको  विकास र समृद्धिको विषयमा थुप्रै निर्णय गरेको छ र कतिपय कार्यान्वयन पनि भएको  ।  त्यस सन्भर्दमा यस महाधिवेशनले ओली सरकारका विगतका सबै निर्णयलाई साकार पार्ने प्रयास गर्नेछ । ओलीले विकास र समृद्धिका लागि उठाएका कदमहरूलाई महाधिवेशनमा अनुमोदित हुन्छ । यो महाधिवेशनले हामीलाई थप उर्जाका साथ अगाडि बढ्न प्रेरित गर्छ । मधेशले विकास र समृद्धको आशा एमालेबाटै गरेको छ । अब एमालेमा मधेशी प्रतिनिधित्व पनि बढने छ । अहिले नै केन्द्रमा मधेशीको प्रतिनिधित्व पनि छ ।

शम्भु साह, नेता, एमाले

गौरवशाली पार्टी एमालेको महाधिवशेनबाट तराइ–मधेश, पहाड र हिमाल अहिले एमालेमय भएको छ । यस पटक प्रष्ट भिजन र दृष्टिले नेतृत्व चयन हुनेछ । महाधिवेशनको बन्द शत्रमा मधेशको विषयमा छलफल हुन्छ । एमालेलाई मधेश विरोधीको जुन ट्याग लागेृको थियो, योे महोधिवेशनले यसलाई हटाउन सफल हुन्छ । महाधिवेशनमा मधेशबाट यसपटक राम्रो उपस्थित हुनेछ । पार्टीको सचिव पदमा प्रदेश २ का इन्चार्ज रघुबीर महोसेठ तथा लालबाबु राउतलगायतका नेताको उम्मेदवारी पर्ने सबल सम्भावना छ ।

जानी खान, युवा नेता

यो महोधिवेशन मात्र होइन, नेपाली जनताको कुम्भ मेला हो, चाडपर्व पनि हो । महाधिवेशन पार्टीको लागि मात्र नभई देशकै मुहार परिवर्तन गर्ने थलो बनेको छ । अहिले नेपालको समद्धिको नायक केपी ओली मात्र हुन । देशलाई विकासको बाटोमा लैजाने भिजनयुक्त नेता ओली नै हुन । उनकै नेतृत्वमा एमाले अन्तर्राष्ट्रिस्तरमा पनि चिनिएको छ । मधेशमा अहिले एमालेको जनलहर आएको छ , । आफ्नो कमजोरी लुकाउन विगतमा अन्य दलका नेताहरूले एमालेलाई मधेश विरोधी त भने तर जनताले उनीहरूको कुरा पत्याउन सकेनन् । मधेशका जनतालाई ओलीप्रति नकारात्मक दृष्ष्टिकोण बाट देखाइएको थियो । यो असत्य हो भने जनताले बुझिसके । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ