धनुषा, १० मंसिर । जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–५ बेला बस्ने आशिष यादवको कच्ची घरमा आगलागी हुँदा लाखौंको धनमाल क्षति भएको छ ।
बिहीबार राति आगलागी हुँदा घर, सुनचाँदी, अन्नपात, नगदसमेत जलेर करिब ५० लाख ९७ हजार ५ सय रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरी, स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया