चितवन, १० मंसिर । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेको महाधिवेशन देश र जनताको पक्षमा उभिनुपर्ने बताएका छन् ।
एमालेको १०औं महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिँदै जसपा अध्यक्ष यादवले यस्तो धारणा राखेका हुन् । उनले भने, ‘नेकपा एमाले आफूलाई देश र जनताको पक्षमा उभ्याउनुपर्छ ।’
‘संविधानलाई अझ परिष्कृत बनाएर हामीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ बढी मजबुत बनाउन आवश्यक छ । त्यसका लागि एमालेको महाधिवेशन देश र जनताको पक्षमा उभियोस्’, यादवले भने ।
उनले संविधानलाई अझ समावेशी र संघीयतालाई अझ प्रभावी बनाउन सबै राजनीतिक दलले योगदान गर्नुपर्ने बताए ।
तपाईको प्रतिक्रिया