काठमाडौं, १० मंसिर । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले नेकपा एमालेको १०औं महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै शुभकामना दिएका छन् ।
एमालेको १०औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले भने, ‘उहाँले हाम्रो पार्टी र नेता कार्यकर्ताप्रति देखाएको सद्भावप्रति आभार व्यक्त गर्छु । तर, यही संविधानभित्रकै संशोधनको मागसहित लाखौँको संख्यामा सडक जानुपरेको थियो । एकदिन मानव साङ्लोको नाममा संशोधनका माग गरेको थियौँ ।’
अध्यक्ष ठाकुरले भने, ‘नागरिकता विधेयकको कुरा पनि छ । वर्तमान प्रधानमन्त्रीसँग पनि हामीले आश्वासन दिनुभएको थियो । हाम्रो नेता कार्यकर्तामाथिको मुद्धा फिर्ता भएन भने मधेशका जनता फेरि सडकमा आउन नपरोस् ।’
वर्तमान सरकारलाई पनि नागरिकता र जेलमा रहेकाहरूलाई छाड्ने मुद्धा फिर्ता लिनेबारे सहमति भए पनि पूरा नभएको गुनासो गरे ।
तपाईको प्रतिक्रिया