ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

समाचार

धनुषा, १० मंसिर । मिथिला नगरपालिका–२ नक्टाझिजस्थित खोलाबाट बालुवा ल्याउने क्रममा ज.१ त ४१७२ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

शुक्रबार बिहान दुर्घटना हुँदा ट्याक्टर चालक क्षिरेश्वरनाथ नगरपालिका–७ दुर्गा टोल बस्ने २५ वर्षीय फेकन महतोको मृत्यु भएको  छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ