रुपन्देही, ११ मंसिर । बुटवल उपमहानगरपालिका–१३ बेलबास शान्ति चोकस्थित हरिकृष्ण घिमिरेको अमृत कापी उद्योगमा आगलागी भएको छ ।
विद्युत सर्ट भई शनिबार दिउँसो आगलागी हुँदा उद्योगमा रहेको मेशिन र पेपर जलेर करिब ४० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरी, स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया