काठमाडौं, ११ मंसिर । नेकपा (एमाले) को जारी १०औं महाधिवेशनमा अध्यक्षताका केपी ओलीसँग भीम रावल भिड्दै छन् ।
अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका उपाध्यक्ष भीम रावलले महाधिवेशन प्रतिनिधिहरुसँग मत माग्न थालेका छन् ।
शनिबार बन्दसत्र सुरु हुनुभन्दा अघिदेखि नै उनले आफ्नो लागि मत माग्न थालेका थिए ।
उनले पार्टीमा सहमतिको लागि प्रयास भएको भन्ने जानकारी आफूलाई नभएको पनि प्रतिक्रिया दिएका थिए ।
तपाईको प्रतिक्रिया