चितवन, ११ मंसिर । नेकपा एमालेको जारी १०औं महाधिवेशनको बन्दसत्रमा भारतीय कम्युनिष्ट पार्टीका नेता जोगिन्दर सिंहले कम्युनिष्ट एकता आवश्यक रहेको बताएका छन् ।
शनिबार बन्दसत्रमा सम्बोधन गर्दै उनले अमेरिकी साम्राज्यवाद साउथ एसियामा कम्युनिष्ट समाप्त पार्न चाहने र यसका लागि भारतसमेत उपयोग भएको बताएका हुन् ।
उनले भने, ‘महाधिवेशनबाट मजबुत नेतृत्व आओस् । कम्युनिष्ट आन्दोलन एकजुट होस् । कम्युनिष्ट एकता होस् ।’
दुनियाँले नेपालको कम्युनिस्ट आन्दोलनलाई हेरिरहेको र नेपालमा पहिलो पटक कम्युनिष्टलाई दुई तिहाइ मत आएकोमा उनले खुसी व्यक्त गरे । उनले नेपालको कम्युनिस्ट आन्दोलनबाट प्रेरणा मिल्ने गरेको पनि बताए ।
तपाईको प्रतिक्रिया