कांग्रेसको रुपन्देही सभापतिमा बालकृष्णका भाइ रामकृष्ण निर्विरोध

समाचार

रुपन्देही, ११ मंसिर । सत्तारुढ नेपाली कांग्रेस रुपन्देहीको सभापतिमा गृहमन्त्री बालकृष्णका भाइ रामकृष्ण खाँण निर्विरोध निर्वाचित भएका छन् । 

सभापति पदमा संस्थापन समूहका खाँणको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध सभापतिमा निर्वाचित भएको जनाइएको छ । 

खाँण यसअघि जिल्ला सचिव थिए । यस्तै, उपसभापतिमा पौडेल पक्षका थानेश्वर घिमिरे र डा. अनिता शाह निर्विरोध भएका छन् । अनिता भरत शाहकी श्रीमती हुन् ।

सचिवमा हरि काफ्ले र परमानन्द भट्टराई तथा सहसचिवमा विष्णु थापा र बासु रिमाल निर्विरोध निर्वाचित भएको जिल्ला निर्वाचन समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ