रुपन्देहीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा बाबुछोराको मृत्यु

समाचार

रुपन्देही, १२ मंसिर । जिल्लाको सिद्धार्थनगर नगरपालिका–७ बर्मेली चोकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा बाबुछोराको मृत्यु भएको छ ।

ग.११ प ५४४४ नम्बरको मोटरसाइकललाई ना.३ ख ३८६० नम्बरको ट्रकले शनिबार राति ठक्कर दिँदा मोटरसाइकल चालक स्याङजा चापाकोट नगरपालिका–१० किसान बस्ने ५३ वर्षीय गितानाथ खनाल र मोटरसाइकलमा सवार उनकै छोरा १३ वर्षीय सुदिप खनालको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको  छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ