मटिहानी नगरपालिकाद्वारा गरिबलाई ग्यासचुल्हो प्रदान

समाचार

महोत्तरी, १२ मंसिर । महोत्तरीको सीमावर्ती मटिहानी नगरपालिकाका दलित समुदायका १ सय ३३ जना परिवारलाई ग्यासचुल्हा सेट वितरण गरिएको छ ।

चरम गरिबीको मारमा रहेका उनीहरुलाई मटिहानी नगरपालिकाले माटोको चुल्हो विस्थापित गर्दै ग्यासचुल्हा सेट वितरण गरेको हो ।

नेपालमा ४२ हजार बढी मानिसहरु प्रदूषणले हुने रोग लागेर प्रत्येक वर्ष ज्यान गुमाउँछन् । भान्छाभित्रको धुँवाले लाग्ने रोगहरुले बढी गरिबहरुको ज्यान गइरहेको अध्ययनले देखाएको छ । मृत्यु हुनेमा बढी गरिब तथा विपन्न परिवारका महिला तथा बालबालिकाहरु छन् ।

गरिब परिवारको जीवन रक्षाका लागि मटिहानी नगरपालिकाले ग्याससेट वितरण अभियान चलाएका हुन् ।

शनिबार मटिहानी नगरपालिकाको वडा नम्बर ४, ६, ७ र ९ मा  बासोबास गर्ने मुसहर, डोम र हलखोर जातिलाई मेयर हरिप्रसाद मण्डलले ग्यास सिलेण्डर र चुल्हा वितरण गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ