काठमाडौं, १२ मंसिर । भारतको मुम्बईमा भएको आतङ्कवादी हमलाको स्मरणमा काठमाडौंको माइतीघर मण्डलमा नेपाल स्वतन्त्र युवा समूहको अगुवाइमा प्रदर्शन भएको छ ।
२६ नोभेम्बर २००८मा मुम्बईको इतिहासमा सबैभन्दा ठूलो हमला भएको थियो । मुम्बई आक्रमणको १३ वर्ष भएको छ ।
आतङ्कवाद विरुद्ध युवाहरूले नाराबाजी र प्लेकार्ड प्रदर्शन गरेका छन् । युवाहरूले पाकिस्तान विरुद्ध नाराबाजी र प्लेकार्ड प्रदर्शन गरेका थिए ।
लस्कर–ए–तोयबाले उक्त आक्रमणको जिम्मेवारी लिएको थियो । लस्करको उद्गमस्थल पाकिस्तानलाई मानिन्छ ।
हमलामा १ सय ६० जनाभन्दा धेरैको ज्यान गएको थियो भने ३ सय जनाभन्दा धेरै घाइते भएका थिए ।
हमलाकारीले मुुम्बईका दुईवटा पाँचतारे होटेल, सिएसटी रेलवे स्टेशन, नरिमन हाउस र मेट्रो सिनेमासहित १२ ठाउँलाई निशाना बनाएका थिए ।
तपाईको प्रतिक्रिया