रौतहट, १४ मंसिर । गौर नगरपालिका–३ स्थित अनिल मिट हाउसबाट ३ हजार पिस नियन्त्रित लागूऔषध नाइट्राभेटसहित दुई जना पक्राउ परेका छन् ।
सोही नगरपालिका–४ टिकुलिया बस्ने २४ वर्षीय टिन्कु कुमार सिंह लगायत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया