वीरगन्ज, १४ मंसिर । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा वीरगंज महानगरपालिका–७ रामटोल बस्ने २१ वर्षीय बाबु भन्ने बिक्रम पटेल कुर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।
ती किशोरीलाई अनुचित प्रभाव र दबाबमा पारी विवाह गर्ने प्रलोभन देखाई सोही महानगरपालिका–२४ टोलस्थित सिर्सिया खोलाको किनारको रहरबारीमा लगी कुर्मीले शुक्रबार साँझ जबरजस्ती करणी गरेको सूचनाका आधारमा खटिएको प्रहरीले उनलाई उनकै घरठेगानाबाट पक्राउ गरेको हो ।
उनी उपर जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
यसैगरी, १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पर्सा जीराभवानी गाउँपालिका–२ बस्ने २० वर्षीय प्रभु साह कानुलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
ती किशोरीका अभिभावक उपचारको क्रममा वीरगंज गएको अवस्थामा र स–साना भाइबहिनीहरू मात्र भएको मौका छोपी कानुले ती किशोरीलाई शनिबार साँझ जबरजस्ती करणी गरेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनी उपर जबरजस्ती करणी कसूरमा ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
तपाईको प्रतिक्रिया