ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु

समाचार

कपिलवस्तु, १४ मंसिर । यशोधरा गाउँपालिका–५ सुठौलीस्थित सडकमा हाल नम्बर नखुलेको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने नवल यादवकी छोरी १२ वर्षीया सुमन यादवको घटनास्थलमै मृत्यु भएको छ । 

सोमबार साँझ सोही घटनाको विषयलाई स्थानीयले भारतबाट नेपालतर्फ आउँदै गरेको मालबाहक लहरी गाडीलाई तोडफोड एवं आगजनी गर्न खोज्दा प्रहरीले सम्झाई बुझाई गर्दा भिडले उल्टै प्रहरीमाथि ढुंगामुढा गर्दा ९ जना प्रहरी कर्मचारी सामान्य घाइते भएका छन् । 

घाइते सबै जना जिल्ला अस्पतालमा उपचार पश्चात डिस्चार्ज भएका छन् । 

ठक्कर दिने ट्याक्टरलाई नियन्त्रणमा लिनुका साथै हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ  ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ