गोडैताबाट १० किलोभन्दा बढी गाँजा बरामद

समाचार

सर्लाही, १४ मंसिर । गोडैता नगरपालिका–१२ मधुवनि गाउँबाट १० किलोभन्दा बढी अवैध लागूऔषध गाँजा बरामद भएको छ ।

करिब १० केजी २ सय ग्राम गाँजा मंगलबार बिहान प्रहरीले बरामद गरेको छ । 

बा.४८ प ९९५६ नम्बरको मोटरसाइकलमा लैजाँदै गरेको अवस्थामा प्रहरी चौकी मधुवनी गाउँबाट खटिएको प्रहरीलाई देख्नासाथ अपरिचित व्यक्तिहरू गाँजा छोडेर फरार भएपछि प्रहरीले बरामद गरेको हो । 

हाल फरार व्यक्तिहरुको प्रहरीले खोजी गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ