विराटनगर, १४ मंसिर । जिल्लाको कानेपोखरी गाउँपालिका–२ ढोडुखा बस्ने नारायण प्रसाद चौलागाईको गोठमा आगलागी हुँदा १० लाखभन्दा बढीको क्षति भएको छ ।
बिजुली सर्ट भई सोमबार राति आगलागी हुँदा गोठभित्र रहेका गाई, बाख्रा, अन्नपात, काठपात गरी करिब १० लाख १५ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया