जनकपुरधाम, १५ मंसिर । प्रदेश नं. २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले मुस्लिम, दलित लगायतका पिछडिएका समुदायलाई शिक्षामा जोड दिन आग्रह गरेका छन् ।
महोत्तरीको पिपरा गाउँपालिकाको सहोडबामा आयोजित भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले शिक्षामा पछि परेका मुस्लिम दलित लगायतको समुदायले शिक्षामा जोड नदिएसम्म प्रदेशको विकास सम्भव नरहेको बताए ।
पिछडिएको समुदायलाई शिक्षामा अगाडी बढाउन प्रदेश सरकारले विभिन्न योजनाहरु ल्याएको उल्लेख गर्दै उनले उक्त योजनाहरुको लाभ लिन सर्वसाधारणहरुलाई आग्रह समेत गरे ।
वडा अध्यक्ष शम्भु यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पूर्व कृषिमन्त्री एवं जसपाका केन्द्रीय सदस्य हरिनारायण यादव, प्रदेश कमिटी सदस्य मोजिम राइन, रामजानकी यादव सहितका नेताहरुको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया