रौतहट, १५ मंसिर । जिल्लाका सयौं अपाङ्गता भएका व्यक्तिहरुलाई संघीय सरकारका वन तथा वातावरणमन्त्री रामसहाय यादवले सम्मान गर्नुका साथै सामग्री वितरण गरेका छन् ।
रौतहटको माधवनारायण नगरपालिका ६ माधोपुर बजारमा मंगलवार आयोजित अपाङ्गहरुलाई सम्मान तथा सामग्री वितरण कार्यक्रममा मन्त्री यादवले जिल्लाका विभिन्न पालिकाका शारीरीक रुपमा पुर्णरुपमा अपाङ्ग भएका व्यक्तिहरुलाई विभिन्न सामग्री वितरण गरेका हुन् ।
मंसिर १७ गते परेको अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसर पारेर वन तथा वातावरण मन्त्री यादवले जिल्लाको माधवनारायण, देवाही गोनाही, गढिमाई, गरुडा, राजदेवी नगरपालिका र दुर्गाभगवती तथा यमुनामाई गाउँपालिकाका पुर्णरुपमा अपाङ्ग भएका १५ जनालाई ट्राई साइकल वितरण गरेका छन् ।
मन्त्री यादवले २०, २० जनालाई छडी र बैशाखी वितरण गरेका छन् भने दुई सयभन्दा बढी अपाङ्गहरुलाई दोसला एवं एक एकथान कम्वल ओढाएर सम्मान गरेका हुन् ।
प्रदेश नं. २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादवले उपलब्ध गराएको उक्त सामग्रीहरु वनमन्त्री रामसहाय यादवले शारीरीक रुपमा अपाङ्गता भएका व्यक्तिहरुलाई वितरण गरेका हुन् । वन मन्त्री रामसहाय र कृषि राज्य मन्त्री योगेन्द्र दुवै जना संयुक्त रुपमा नै उक्त सामग्रीहरु वितरण गरेका थिए ।
तपाईको प्रतिक्रिया