कांग्रेस मोरङ सभापतिमा डिगबहादुर निर्वाचित

समाचार

विराटनगर, १५ मंसिर । नेपाली कांग्रेसको मोरङ जिल्ला सभापतिमा डिगबहादुर लिम्बू निर्वाचित भएका छन् ।

मंगलबार सभापति शेरबहादुर  देउवा पक्षका उम्मेद्वार दिलीप गच्छदारलाई भारी मतान्तरले पराजित गर्दै लिम्बू दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

आइतबार भएको निर्वाचनमा तीन उम्मेद्वारमध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि मंगलबार निर्वाचन भएको थियो । 

निर्वाचनमा तीन हजार ३६० मत खसेको थियो । लिम्बूले एक हजार ९०६ मत प्राप्त गर्दै विजयी भए । गच्छदारले एक हजार ४२२ मत प्राप्त गरे।

१३औं अधिवेशनमा देउवा पक्षमा रहेर मोरङ सभापतिमा निर्वाचित भएका लिम्बू १४औं महाधिवेशनमा डाक्टर शेखर कोइराला पक्षबाट निर्वाचन लडेका हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ