काठमाडौं, १५ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकताको महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता अनिल झाले सफलताको कामना गरेका गरेका छन् ।
लोसपा नेता झाले राप्रपाको महाधिवेशन एकताको महाधिवेशन हुन सकोस् भन्ने कामना गरेका हुन् । उनले सिंगो देशको भावनालाई समेट्न राप्रपाले आगामी दिनमा भूमिका खेल्न सकोस् भन्ने शुभकामना दिए ।
उनले अझै पनि देशको संविधानलाई केही भूगोल र वर्गले स्वीकार गर्न नसकेको भन्दै उनले राप्रपाको महाधिवेशनबाट यो संविधानलाई सबैले स्वीकार गर्न सक्ने गरी संशोधन गर्ने दिशामा प्रस्ताव ल्याउन सक्नुपर्नेमा जोड दिए ।
उनले मधेस, थरुहटका माग अझै संविधानमा नसमेटिएको पनि चर्चा गरे । राप्रपाको जनाधार मधेस र थरुहट क्षेत्रमा पनि रहेको भन्दै उनले त्यहाँका जनताका माग सम्बोधन गर्नेतर्फ ध्यान दिन पनि सुझाव दिए ।
तपाईको प्रतिक्रिया