भारतीय महावाणिज्य वीरगञ्जद्वारा विश्व एड्स दिवसमा रक्तदान

समाचार

काठमाडौं, १६ मंसिर । आजादी का अमृत महोत्सव (भारत@७५) र विश्व एड्स दिवसको अवसरमा वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासमा रक्तदान शिविरको आयोजना गरिएको छ  ।

कार्यक्रममा महावाणिज्य दूतावासका सदस्यहरुको सक्रिय सहभागिता रहेको थियो ।

नेपाल रेडक्रस सोसाइटीको वीरगन्ज कार्यालयको सहयोगमा शिविर सञ्चालन गरिएको थियो । वाणिज्य दूतावास अधिकारी तथा कर्मचारीहरु माझ रक्तदान गर्ने अभ्यासलाई अभिप्रेरित गर्न र रक्तदान सम्बन्धी जनचेतना फैलाउन प्रतिबद्ध छ ।

महावाणिज्य दूत नितेश कुमारले नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिहरू र महावाणिज्य दूतावासका सदस्यहरूलाई अमूल्य योगदानका लागि धन्यवाद दिए ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ