पोखरियामा करेन्ट लागेर महिलाको मृत्यु 

समाचार

पर्सा, १७ मंसिर । पोखरिया नगरपालिका–७ रानीगञ्ज बस्ने ४५ वर्षीया मुनी देवी साहको करेन्ट लागेर मृत्यु भएको छ । 

बिहीबार दिउँसो वीरगंज महानगरपालिका–१ छप्कैया बस्ने वीरेन्द्र साहको घरमा बुहारीको भाइको बिहेमा गएको अवस्थामा घरको छतमा कपडा सुकाउन जादा करेन्ट लागेको थियो ।

छतमा रहेको तारमा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको उपचारको लागि वीरगंजस्थित नारायणी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ