राष्ट्रिय जनता दल जसपामा समाहित, पिछड़ा वर्ग महासंघ अब जसपाको भातृ संगठन 

समाचार

जनकपुरधाम, १८ मंसिर । राष्ट्रिय जनता दल नेपाल जनता समाजवादी पार्टी नेपालमा समाहित भएको छ ।

पिछडा वर्ग महासंघद्वारा शुक्रबार जनकपुरधाममा आयोजित पार्टी एकीकरण तथा भातृ संगठन घोषणा कार्यक्रममा जसपाका अध्यक्ष उपेन्द्र यादव र राजद एवं पिछड़ा वर्गका अध्यक्ष भरत महतोले संयुक्त रुपमा राष्ट्रिय जनता दल जसपामा समाहित भएको तथा पिछ्डा वर्ग महासंघ जसपाको भातृ संगठन भएको घोषणा गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि जसपा अध्यक्ष यादवले राज्यको विभेदपूर्ण नितिका कारण दलित, आदिवासी जनजाती महिला मुस्लिम सहितका पछि पारिएका समुदाय राज्यको मुल प्रवाहमा आउन नसकेको बताए ।

उनले मुलुकमा विभिन्न राजनीतिक परिवर्तन हरु भए पनि राज्यको सत्ता र शक्तिमा परिवर्तन हुन नसकेका कारण सर्वसाधारणले संघीय लोकतान्त्रिक गणतन्त्र को अनुभूति गर्न नसकेको उल्लेख गरे ।

नेपालको संविधानमै रहेको त्रुटीका कारण यस्ता समस्याहरू जन्मिएको उल्लेख गर्दै अध्यक्ष यादवले संविधानको त्रृटीहरु सच्च्याउदै सत्ता र शक्तिमा सबै जाति समुदायको सामर्थ्यअनुरुपको पहुँचका लागी जसपाले सडक, संसद र सरकार तिन वटै स्थानबाट एक साथ आवाज उठाई रहेको बताएका थिए ।

भरत महतोको अध्यक्षतामा भएको उक्त कार्यक्रममा संघीय संसद् एवं प्रदेश अध्यक्ष रामबाबु यादव, सांसद प्रमोद साह, डा. सूर्य, नारायण यादव, केन्द्रिय सदस्य डा राम स्वार्थ राय सहितका वक्ताहरुले शुभकामना मन्तब्य राखेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ