जनकपुरधाम, १८ मंसिर । नेपाली काँग्रेसका पूर्ववडा सभापतिसहित दर्जनौ नेता कार्यकर्ता जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।
जनकपुरधाम उपमहानगर पालिका वडा नं. २४ बसहियाका नेपाली काँग्रेसका पूर्ववडा सभापति अहमद हुसैनको नेतृत्वमा तीन दर्जन नेता कार्यकर्ता नेपाली काँग्रेस परित्याग गरी शनिबार जसपा प्रवेश गरेका हुन् ।
बसहियामा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथि जसपाका प्रदेस उपाध्यक्ष शेष नारायण यादव सहितले नवप्रवेशीहरुलाई अबिर माला लगाई स्वागत गरेका थिए ।
वडा कमिटी अध्यक्ष सद्दाम हुसेनको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जसपा केन्द्रीय निर्वाचन समिति सदस्य जितेन्द्र यादव, प्रदेश कमिटी सदस्य आतिश मिश्र, जिल्ला अध्यक्ष पशुपति यादब, नगर अध्यक्ष बिष्णुदेव साह, वसिम अकरम, सन्तोष झा सहितका वक्ताहरूले नवप्रवेशीहरुलाई स्वागत गरेका थिए ।
तपाईको प्रतिक्रिया