वीरगन्जमा प्रदेशस्तरीय टी–२० क्रिकेट प्रतियोगिता हुँदै

समाचार

वीरगन्ज, १९ मंसिर । वीरगंज महानगरपालिका वडा नं. १९ स्थित वर्वाको चौरीमा क्रिकेट प्रतियोगिता भव्यरुपमा हुन गइरहेको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको आयोजनामा प्रदेश नं. २ स्तरीय टि–ट्वेन्टी क्रीकेट प्रतियोगिता हुन गइरहेको छ । 

टि–ट्वेन्टी क्रिकेट प्रतियागिताको सम्पूर्ण तयारी र क्रिकेट सामग्रीहरु सांसद रमेश प्रसाद कुर्मीको संसदिय कोषबाट उपलब्ध गराइएको छ । 

प्रदेश २ बाट छनौट भएका क्रिकेट टिम अम्बे च्याम्पीयन क्रिकेट क्लब, वर्वा क्रिकेट क्लब लगायत ४ वटा टिमहरुले यस खेलमा प्रतिस्पर्धा गर्नेछन् । 

खेलको उज्जवल भविष्यका लागि तराई क्षेत्रमा लोकतान्त्रिक समाजवादी पार्टीले यस्ता खेलहरुको आयोजना गर्दै आइरहेका छन् । 

यस पटकको खेलको विजेताहरुलाई पार्टीद्वारा खेलाडीहरुलाई सम्मानित गरी जिन्सीहरु प्रदान गर्ने योजना रहेको सांसदका स्वकीय सचिव शेख फिरोजले जानकारी दिए ।

शनिबार भएको क्रिकेट सामग्री हस्तान्तरण कार्यक्रममा सांसद रमेश प्रसाद कुर्मी, वरिष्ठ नेता राम चन्द्र पडित, नगर नेता विरेन्द्र साह, नगर वरिष्ठ उपाध्यक्ष शेख फिरोज, नगर सदस्य भुवन यादव, र क्रिकेट टिमका क्यापटनहरु मा रमेश यादव, विवेक यादव , लगायतको उपस्थिति रहेको थियो । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ