वीरगञ्ज, १९ मंसिर । ‘आजादी का अमृत महोत्सव’को अवसर वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासद्वारा ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको छ ।
वीरगन्जका सरकारी अधिकारीहरू र महावाणिज्य दूतावासबीच सुमधुर सम्बन्ध बढाउन तथा खेलकुद र तन्दुरुस्तीको महत्वलाई उजागर गरी खेलभावना विकास गर्न उद्देश्यले ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगितामा महावाणिज्य दूतावास, जिल्ला प्रशासन कार्यालय वीरगन्ज, जिल्ला प्रहरी कार्यालय वीरगन्ज, जिल्ला सशस्त्र प्रहरी कार्यालय वीरगन्ज, क्षेत्रीय कारागार कार्यालय वीरगन्ज र नेपाल राष्ट्र बैंक वीरगन्जका पदाधिकारी सम्मिलित पाँच डबल्स टोलीले सहभागिता जनाएका थिए ।
सौहार्दताको प्रतीकको रूपमा, प्रत्येक टोलीका दुई सदस्यहरूमा विभिन्न संघसंस्थाका प्रतिनिधिहरू थिए । सहायक सीडीओ र नेपाल प्रहरीका प्रतिनिधि सम्मिलित टोली विजेता घोषित भए भने प्रमुख जिल्ला अधिकारी र नेपाल राष्ट्र बैंकका प्रतिनिधि सम्मिलित टोली उपविजेता घोषित भए ।
प्रतियोगितामा वाणिज्य दूतावासका पदाधिकारी, कर्मचारी र सहभागी संघसंस्थाको संख्यामा दर्शकको रूपमा उपस्थिति रहेको थियो । विजेता र सहभागी टोलीलाई महावाणिज्यदूत नितेश कुमारद्वारा ट्रफी हस्तान्तरण गरिएको थियो ।
तपाईको प्रतिक्रिया