कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

समाचार

मोरङ, १९ मंसिर । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी बुढिगंगा गाउँपालिका–६ डल्लेपुल बस्ने २६ वर्षीय धन बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

बुढिगंगा गाउँपालिका–७ स्थितमा गत कार्तिक २८ गते बेलुकी धनकुटा पाख्रीबास नगरपालिका–४ बस्ने २६ वर्षीय रिजन दाहाललाई पुरानो रिसिवीका कारण धारिलो हतियार खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको थियो ।

तत्काल फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले मोरङ सुनवर्षी नगरपालिका–८ सिक्टी एरियाबाट फेला पारी पक्राउ गरेको हो । 

उनीउपर जिल्ला अदालत मोरङबाट कर्तब्य ज्यान मुद्दामा २ दिन म्याद थप अनुमती प्राप्त गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ