रुपन्देही, १९ मंसिर । बुटवल उपमहानगरपालिका–२ तिनाउपुलमा अवैध रुपमा ल्याउँदै गरेको करिब १८ लाख रुपैयाँ मूल्य बराबरका विभिन्न कम्पनीका जुत्ताहरूसहित सैनामैना नगरपालिका–४ मुर्गिया बस्ने ३२ वर्षीय बिष्णु थारुलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
कपिलवस्तुबाट बुटवलतर्फ जाँदै गरेको लु.१ च ८२१३ नम्बरको बलेरोलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाडीमा अबैध रुपमा ल्याउँदै गरेको उक्त सामानसहित गाडीका चालक बिष्णुलाई प्रहरीले पक्राउ गरेको हो ।
बरामद भएको सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बेलहिया रुपन्देही पठाईएको छ ।
तपाईको प्रतिक्रिया