होलसेल इलेक्ट्रिक पसलमा आगलागी हुँदा ३५ लाखको क्षति

समाचार

सर्लाही, १९ मंसिर । मलंगवा नगरपालिका–९ बसपार्क बस्ने ५० वर्षीय रामनाथ चौधरीको सोही ठाउँस्थित होलसेल ईलेक्ट्रिक पसलमा आगलागी भएको छ ।

आइतबार अचानक आगलागी हुँदा पसलको सम्पूर्ण सामानहरू जलेर करिब ३५ लाख रुपैयाँ मूल्य बराबरको धनमाल नष्ट भएको छ । 

प्रहरी, दमकल र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ