पूर्वसांसद रामचन्द्र तिवारीलाई अनुशासनको कारबाही गर्न माग

समाचार

जलेश्वर, २० मंसिर । नेपाली कांग्रेसको क्षेत्र नम्बर ३ मा एक समूहले निर्वाचन अधिकृतलाई अपहरण गरि अवैधानिक तरीकाले घोषणा गरिएको क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि एवं महासमितिलाई वितरण गरिएको प्रमाणपत्र रद्द गरिएको छ ।

केन्द्रीय निर्वाचन समितिले नेपाली काँग्रेस चौथो महाधिवेशन महोत्तरीका निर्वाचन अधिकृतको नाममा पठाएको पत्रमा तत्काल निर्वाचन गराउन सहमति प्रदान गरेको हो । 

केन्द्रीय निर्वाचन समितिको पत्र प्राप्त हुनासौथ जलेश्वरस्थित पार्टी कार्यालयमा जिल्ला सचिव शम्भू नारायण पाठकले पत्रकार सम्मेलनको आयोजना गरेका छन् । 

पाठकले सामाजिक संजालमा सार्वजनिक भएको तस्विरबाट प्रमाणपत्र वितरणमा पूर्व सांसद एवं पार्टीको पूूर्व केन्द्रीय सदस्य रामचन्द्र तिवारीको संलग्नता देखिएकोले तत्काल अनुशासनको कारबाही चलाउन माग गरेको छ । 

उनले क्षेत्रिय निर्वाचन अधिकृत धिरेन्द्र मण्डलले राजीनामा समेत दिइसकेको छन् । निर्वाचनको कार्यक्रम घोषणा भएमा कार्यसमिति, महाधिवेशन प्रतिनिधि एवं महासमिति सदस्यका लागि सर्वसम्मत प्रयासको सम्भावना टरेको छैन’ जिल्ला सचिव पाठकले भने, ‘सहमति नभएको खण्डमा मात्रै मतदान हुनेछ ।’ 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ