कांग्रेस महाधिवेशन : लुम्बिनी प्रदेश सभापतिमा अमरसिंह विजयी

समाचार

रुपन्देही, २० मंसिर । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा अमरसिंह पुन मगर विजयी भएका छन् । संस्थापन इतर समूहका पुनले संस्थापन पक्षका भरतकुमार साहलाई पराजित गर्दै लुम्बिनी प्रदेश सभापतिमा विजयी भएका हुन् ।

निर्वाचनमा १६ सय ३१ मत खसेकोमा पुनले ८५२ मत ल्याई विजयी भएका हुन् भने उनका प्रतिद्वन्द्वी शाहले ७६७ मत पाएका छन् ।

दुई उपसभापतिमा संस्थापन इतरका भुवन श्रेष्ठ (गुल्मी) र संस्थापन पक्षका राजु खनाल (दाङ) विजयी भएका छन् । 

यस्तै महामन्त्रीमा विक्रम खनाल (नवलपरासी पश्चिम) र सुरेन्द्रराज आचार्य (कपिलवस्तु) विजयी भएका छन् ।

महिला सहमहामन्त्रीमा निमा गिरी विजयी भएकी छन् । खुल्ला सहमहामन्त्रीमा अर्घाखाँचीका विष्णु खनाल मुस्कान र दाङका खगराज पाण्डे विजयी भए । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ