कांग्रेसको नेपाली जनसम्पर्क समिति भारतमा पाण्डे तेस्रो पटक विजयी

समाचार

काठमाडौं, २० मंसिर । नेपाली कांग्रेस निकट नेपाली जनसम्पर्क समिति भारतको अध्यक्षमा बालकृष्ण पाण्डे तेस्रो कार्यकालका लागि विजयी भएका छन् । उनी संस्थापन पक्षका हुन् ।

पन्जाबको चण्डीगढमा आइतबार भएको ९औं अधिवेशनबाट पाण्डे तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । उनी कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यसमेत हुन् ।

पाण्डे ११६ मतका साथ विजयी भएका हुन् भने अर्का प्रत्यासी धर्मागत काफ्लेले ४६ मत पाए । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ