पश्चिम बंगालकी मुख्यमन्त्री बेनर्जीलाई कांग्रेस महाधिवेशनमा निम्तो

समाचार

काठमाडौं, २० मंसिर । सत्तारुढ नेपाली कांग्रेसले पार्टीको आसन्न १४औं महाधिवेशनमा भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीलाई निम्तो पठाएको छ ।

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको अल इन्डिया तृणमुल कंग्रेसकी अध्यक्षसमेत रहेकी बेनर्जीलाई महाधिवेशनको उद्घाटन सत्रमा सहभागिताका लागि निम्तो पठाएका हुन् ।

‘तपाईँको गरिमामय उपस्थितिले हाम्रो यस क्षेत्र तथा अन्यत्र समेत लोकतन्त्रको सुदृढीकरण तथा हाम्रा दुई पार्टीबीचको सम्बन्ध विकसित गर्नका लागि मिलेर अघि बढ्न प्रोत्साहित गर्नेछ’, सभापति देउवाले बेनर्जीलाई पठाएको पत्रमा भनिएको छ ।

देउवाले निम्तो पठाएपछि पश्चिम बंगाल मुख्यमन्त्री कार्यालयले केन्द्र सरकारबाट मुख्यमन्त्री बेनर्जीको नेपाल भ्रमणका लागि स्वीकृति मागेको छ ।

यस्तै कांग्रेसले भारतीय जनता पार्टी, इन्डियन नेशनल कंग्रेस र समाजवादी पार्टीलाई पनि निमन्त्रणा पठाएको छ ।

यसैगरी कांग्रेसले महाधिवेशनका लागि दक्षिण एसियाका सबै मुलुकका सत्तारुढ तथा विपक्षी दलका नेतालाई महाधिवेशन निम्ता पठाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ