ब्राउन सुगरसहित २ जना पक्राउ

समाचार

पर्सा, २० मंसिर । वीरगंज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट १ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

आइतबार साँझ पक्राउ पर्नेहरूमा मकवानपुर मनहरी गाउँपालिका–९ बस्ने २२ वर्षीय सुनिल सोनार र मकवानपुर हेटौंडा महानगरपालिका–११ बस्ने आयुस बिश्वकर्मा रहेका छन् । 

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय र प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले भारतबाट वीरगंजतर्फ आउँदै गरेका उनलाई जाँच गर्नेक्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ